६ वैशाख २०८१ बिहीबार

चैत मसान्तभित्र सदस्यता नवीकरण गर्न नेकपा एसको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ।

एमाले महाधिवेशनः अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ।

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’

यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

एमाले महाधिवेशनः चितवन पुगे अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्।

एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुनेछ। महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ।

एमाले महाधिवेशनको बन्दसत्र होटल सेभेन स्टारमा

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्