९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेः महासेठ

नेकपा(एमाले)का नेता रघुविर महासेठले पार्टीका केही नेताहरुले आवेशमा आएर उम्मेदवारी घोषणा गरेको टिप्पणी गरेका छन्।

उनले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गर्दै सो टिप्पणी गरेका हुन्।

एमाले बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीको क्रममा उनले भने, ‘प्रजातान्त्रिक विधिमा पनि, प्रक्रियामा पनि, सहमति भनेको पनि ठूलो प्रक्रिया हो। जुन साथीहरुले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ, मलाई विश्वास छ, निर्वाचनको समयसम्म उहाँहरु आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ किनकी जुन प्रतिनिधिको भरमा उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको छ। त्यही प्रतिनिधिको अनुरोधमा उहाँहरुले फिर्ता लिनुहुन्छ। हामी सबै नेतृत्वमा बस्नेहरुलाई विश्वास छ।’

उनले एमालेको नेतृत्व चयन सहमतिमा हुँदैनकी भनेर शंका गर्ने ठाउँ नरहेको बताए।  

प्रकाशित: ७ मंसिर २०७८ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App