coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। 

मन्त्री चौधरी दाङ क्षेत्र नम्बर ३ बाट र राज्यमन्त्री श्रेष्ठ दाङ २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। उनिहरु दुबैजना सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ। मन्त्री चौधरी थारु पुरुष तर्फ दाङ ३ बाट सर्वसम्मत भए भने राज्यमन्त्री श्रेष्ठ आदीवासी जनजाती पुरुष तर्फ दाङ २ बाट निर्वाचित भएका हुन्।  

यसैगरि कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी छन्। उनि आदीवासी जनजाती महिला तर्फ दाङ २ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी हुन्। यस्तै क्षेत्र नम्बर १ बाट देबीमायाँ थापा पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छिन्। उनि पनि आदीवासी जनजाती महिला कोटामा सर्वसम्मत भएकी हुन्।  

क्षेत्रीय नेतृत्वका लागि चुनाव

दाङमा कांग्रेसका क्षेत्रीय नेतृत्वका लागि मंगलबार निर्वाचन भैरहेको छ। तीन क्षेत्र रहेको दाङमा सभापतिका लागि ७ जना भिडेका छन्। क्षेत्र नम्बर १ मा भेषराज पाण्डे र सर्वजित डाँगी बिच प्रतिष्पर्धा भएको छ। यसैगरि क्षेत्र नम्बर २ मा चित्रबहादुर डाँगी र भिमप्रकाश खड्का भिडेका छन्। यस्तै क्षत्र नम्बर ३ मा जगतबहादुर खड्का, सुरेन्द्र खड्का र किरण बहादुर शाह भिडेका छन्।

प्रकाशित: ७ मंसिर २०७८ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App