२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

म्याद थप गर्न राउतलाई विशेष अदालत लगियो

काठमाडौं-'मधेसलाई नेपालबाट अलग गर्ने' भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतलाई म्याद थपको लागि विशेष अदालत पेश गरिएको छ।


आजै सर्वोच्च अदालतमा पेश गरिएका राउतलाई मुद्दा सुनुवाई नभए पछि विशेष अदालत लगिएको हो। सर्वोच्च अदालतले राउतको मुद्दा सुनुवाई गर्न नभ्याएर आइतबारका लागि पेशि तोकेको छ। सो अवधि सम्म थुनामा राख्नका लागि प्रहरीले विशेष अदालत लगेको हो। यस अघि बिहिबार विशेषले २४ घन्टा थुनामा राख्न अनुमति दिएको थियो।
सर्वोच्चका न्यायाधिश कल्याण श्रेष्ठ र गोविन्द कुमार उपाध्यायको इजलासमा राउतको बन्दि प्रत्यक्षीकरणसम्बन्धी मुद्दा रहेको थियो तर आज सो मुद्दाको सुनुवाईको पालो आएन।
सर्वोच्च अदालतले शुक्रबार राउतलाई सशरीर उपस्थित गराउन आदेश दिएको थियो।

प्रकाशित: ३ आश्विन २०७१ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App