२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाँके कांग्रेस कार्यालयमा तालाबन्दी

नेपाली कांग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ। सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन्।

क्षेत्र नम्बर १ मा अधिवेशन हुनै लाग्दा दुई सय ३९ फर्जी सदस्यता थप्न लागेपछि पार्टी कार्यालयमा ताला लगाइएको नेपाली कांग्रेस बाँकेका युवा नेता पोषण केसीले जनाए। क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेकाले यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो। ‘सदस्यता आउनै लाग्दा थप दुई सय ३९ जनाको फर्जी नाममा सदस्य दिन लागिएको छ,’ उनले भने, ‘क्रियाशील सदस्यका नाममा फर्जी सदस्यता वितरण रोक्न हामीले पार्टी कार्यालयमा ताला लगाएका हौं।’ उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने उनको भनाइ छ।

आंशिकरुपमा सदस्यता विवाद मिलेपछि कांग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका अधिवेशन हुन लागेको थियो। सदस्यता विवाद पुनः सतहमै आएपछि तोकिएकै समयमा अधिवेशन हुने वा नहुने अनिश्चित देखिएको छ।

पार्टी सभापति किरण कोइरालाले पार्टीभित्र आन्तरिक विवाद भएकाले यसलाई सहजै  समाधान गरी अधिवेशन गर्ने बताइन्। तर, अन्तिम सदस्यता वितरण नआउँदासम्म अधिवेशन हुन नदिने नेता कार्यकर्ता बताउँछन्। यसअघि कांग्रेसको अधिवेशन यही २७ गते हुने तयारी भएको थियो।

प्रकाशित: २४ कार्तिक २०७८ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App