१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वडाध्यक्ष कांग्रेसमा प्रवेश

संघीय समाजवादी फोरमबाट विराटनगर महानगरपालिका वडा नम्बर १५ को निर्वाचित वडाध्यक्षमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

विराटनगर वडा नम्बर–१५ का वडाध्यक्ष अस्लम आलम कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्। तत्कालीन संघीय समाजवादी फोरमबाट टिकट पाएर उनी वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि कांग्रेसमा प्रवेश गरेका छन्।

उनी पनि संघीय समाजवादी पार्टीबाट टिकट पाएर वडा सदस्य जितेका हुन्। उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै वडाध्यक्ष आलमले नेपाली कांग्रेसलाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए।

पछिल्लो समय कांग्रेसमा पार्टी प्रवेश गर्ने क्रम बढेको छ। कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।

प्रकाशित: २० कार्तिक २०७८ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App