coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्पेनको नगरपालिका र लुम्बिनी प्रदेशका ४ पालिकाबीच भगिनी सम्बन्ध

बुद्ध स्थलको अन्तर्राष्ट्रिय पहिचान बढाउन र पर्यटन प्रवर्द्धनका लागि स्पेनको प्रदेश र नगरपालिका तथा बुद्ध स्थलको पहिचान बोकेका लुम्बिनी प्रदेशका ४ पालिकाबीच भगिनी सम्बन्धका लागि समझादारी भएको छ।

प्राचिन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोटमा आयोजित कार्यक्रममा दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। स्पेनको काथरेस नगरपालिका, काथरेस प्रदेश सरकार, सस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय तथा कपिलवस्तु, लुम्बिनी सास्कृतिक, देवदह तथा रामग्राम नगरपालिकाबीच भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।  

लुम्बिनी गार्डेन फाउन्डेशनको सहकार्यमा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र स्पेनका एक्सट्रमदुराका अध्यक्ष बेङ्का मार्टिन डेलगाडोको रोहोवरमा सहमति पत्रमा लुम्बिनी प्रदेशका ४ पालिकाका मेयर र स्पेशनका ३ निकायका प्रमुखले हस्ताक्षर गरेका थिए। 

काथरेस नगरपालिका मेयर लुईस सलाया जुलियन, संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय नुरिया, फ्लोरेस रेन्डेन्डो र काथरेस डिपुटेशनका अध्यक्ष कार्लोस कार्लोस रोड्रीगियुज तथा लुम्बिनी प्रदेश कपिलवस्तु नगरपालिका मेयर किरण सिंह लुम्बिनी प्रदेश सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, देवदह नगरपालिका मेयर हिरा बहादुर खत्री र रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले हस्ताक्षर गरेका थिए।

पर्यटन कृषि स्वास्थ्य, खेलकुद, वातावरण लगायत क्षेत्रको विकासका लागि दुई देशबीच प्रविधि हस्तान्तरणका लागि सम्बन्ध स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेशनका उपाध्यक्ष गाबिन्द सुबेदीले बताए।

प्रकाशित: १३ कार्तिक २०७८ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App