१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुटउपगुट त्यागेर एक हुन डोल्पा काँग्रेसलाई तरुण दलको आग्रह

जिल्ला नेतृत्वहरु एकमतका साथ अगाडी नबढे आगामी निर्वाचनमा नेपाली काँग्रेस डोल्पाले ठूलो क्षति व्यर्होने चेतावनी तरुण नेताहरुले दिएका छन्। 

अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने मपाई शैली र आचरणका जिल्ला पार्टी नेतृत्वलाई आसन्न दिनमै हुने वडा अधिवेशनबाटै गुटउपगुट त्यागेर एकताको सन्देश दिन तरुण नेताहरुले आग्रह गरेका हुन्। गुटउपगुटका कारण हिमाली जिल्ला डोल्पामा क्रियाशील सदस्यता विवाद कायमै रहेकाले अझै वडा अधिवेशन भएको छैन। 

यसैबीच बुधबार सदरमुकाम दुनैमा नेपाल तरुण दलले आफ्नो ६८ औँ स्थापना दिवस मनाएको छ। तरुण दिवस तथा कार्यकर्ता भेटघाट कार्यक्रमअघि तरुणले सदरमुकाम दुनैबजारमा मोटरसाईकल र्याली समेत निकालेको थियो। तरुण डोल्पाले आयोजना गरेको आफ्नो स्थापना दिवस तथा भेटघाट कार्यक्रममा जिल्लास्थित नेपाली काँग्रेस पाटीका कुनै पनि नेताहरुको उपस्थिति थिएन।

पछिल्लो समय डोल्पामा तरुण दलका जिल्ला नेतृत्व सहितका केही कार्यकर्ताहरुले दोधारे चरित्र देखाउन थालेकाले पनि उनीहरुप्रति पार्टी नेतृत्व विश्वस्त देखिँदैन। यसैबीच निमन्त्रणा गर्दा पनि नेपाल तरुण दलको स्थापना दिवस तथा भेटघाट कार्यक्रममा सहभागी नभएको नेतृत्वलाई तरुणले पनि सहयोग गर्न नसक्ने तरुण दलका नेताहरुले बताएका छन्।

काँग्रेस डोल्पा पार्टी सचिव जयनन्द (जयस) उपाध्यायले नेपाली काँग्रेस डोल्पाको नेतृत्वलाई एकता गर्ने प्रयास भैरहेको बताए। डोल्पाको नेतृत्वको एकापसको विवाद समाधान गर्न तरुण दलले मुख्य भूमिका खेल्नुपर्ने समेत सचिव उपाध्यायले बताए।

तरुण दल डोल्पाका उपाध्यक्ष भिम बोहोराले पार्टीमा गुट उपगुट भएता पनि तरुण दलमा भने सबौमा एकता रहेको दावी गरे। यस्तै डोल्पा काठमाडौँ सम्र्पक समितिका अध्यक्ष कुशल विक्रम शाहीले पनि पार्टी नेतृत्वलाई एकता गर्न आग्रह गरेका छन्।  

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन तरुण दलको मुख्य भुमिका हुने भएकाले  सबै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्नतर्फ जोड दिनुपर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए। लामो समयदेखि नेपाली काँग्रेस डोल्पाका सभापति अंगद बुढा र केन्द्रीय सदस्य कर्णबहादुर बुढा समूहबीच पानी बाराबारको अवस्था छ।

प्रकाशित: १० कार्तिक २०७८ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App