८ वैशाख २०८१ शनिबार
राजनीति

महाधिवेशनबाट काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ, नत्र राम्रो हुँदैनः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन्।

काँग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर काँग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अव पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरे।  

नेता सिंहले भने, ‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धिकरण गर्न र सुदृढ गर्न। अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरी गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ। अव काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ। नत्र भने राम्रो हुँदैन।’  

नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताए। उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु? भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरे।

प्रकाशित: १६ आश्विन २०७८ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App