२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका थिए।

सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाएका थिए। 

आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ। रासस

प्रकाशित: ७ आश्विन २०७८ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App