१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

६३ उपसचिव प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा परिचालित (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा देखिएको प्रशासनिक अभाव न्यूनीकरण गर्न उपसचिव वा सो सरहका ६३ जना कर्मचारीलाई सरुवा तथा खटाउने निर्णय गरेको छ। सोमबार गरिएको निर्णयअनुसार ती कर्मचारीलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपुगेका स्थानीय तह र जिल्ला समन्वय समितिमा पठाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार केही कर्मचारीलाई औपचारिक रूपमा सरुवा गरिएको भए पनि अधिकांशलाई ‘कामकाजका लागि खटाउने’ मोडेलमा स्थानीय तहमा पठाइएको हो। यसबाट तत्काल सेवा प्रवाहमा सुधार ल्याउने सरकारको लक्ष्य रहेको बताइएको छ।

नेपालका धेरै स्थानीय तहहरू कर्मचारी अभावको समस्यासँग जुधिरहेका छन्। यही अवस्थालाई सम्बोधन गर्न सरकारले तत्कालीन समाधानस्वरूप उपसचिवस्तरका कर्मचारी खटाउने निर्णय गरेको हो। 

प्रकाशित: १६ चैत्र २०८२ २०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App