१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीद्वारा माधवप्रति कटाक्ष, प्रचण्ड एकछिन कुर्सीमा बस्ने नसक्ने नेता

एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपालका कारण आफ्नो पार्टी सरकारबाट हट्नु परेको बताएका छन्।  गुलरियामा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा अधिकांश समय उनले शेरबहादुर देउवाको सरकार र उनलाई सहयोग पुर्याउने नेता नेपालप्रति कटाक्ष गरे। 

उनले प्रचण्ड अस्थिर नेता भएको उल्लेख गर्दै कुर्सीमा एकछिन बस्नु भने पनि बस्न नसक्ने नेता भएको बताए। संविधानसभाको निर्वाचनपछि पहिलोपल्ट बर्दिया आएका ओलीले नेता बामदेव गौतम र प्रधानमन्त्री देउवाबारे कुनै टिप्पणी नै नगरी बुधवार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।

नेपाली काँग्रेसको सरकार जनादेशले नभई परमादेशले सरकार बनेको उल्लेख गर्दै सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक पार्न लागेको एमालेको सरकार अपाच्य भएर मोर्चा बनाएर परमादेशमार्फत् एमालेलाई प्रतिपक्ष बनाएको ओलीले दाबी गरे। विश्वको मुल्याकंनमा दशवटा आर्थिक वृद्धिदरमा नेपाल परेको उनले बताए। ‘हामी पछाडी परेका थियौं,’ उनले भने, ‘हाम्रो सरकारको पालामा लामो समयदेखि पछि परेको देशमा विकास भइरहेको थियो।’ स्वास्थ्य, शिक्षा, रोजगारी र विपन्नका लागि जनता आवास कार्यक्रमले गरिबको घर बनेको उनले जिकिर गरे। ‘टिन हालेर गरिब बस्तीमा घर बनेको छ’ सम्बोधन गर्ने क्रममा उनले भने ,‘गरिबको घर एमाले सरकारको पालामा बनेका हुन्।’ 

प्रकाशित: ६ आश्विन २०७८ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App