१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा।खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेकी हुन्।

खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ। सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा।खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो। 

प्रकाशित: ६ आश्विन २०७८ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App