१५ चैत्र २०८० बिहीबार
राजनीति

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा(एस) का दुई मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले तारालामा तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र माया तामाङ वोहरालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा शुक्रबार नियुक्त गरेका हुन्। 

नव नियुक्त मन्त्रीले शुक्रबार नै सपथ खाएका छन्। सुदूरपश्चिम प्रदेश कार्यालयमा मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगा प्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले पद तथा गोपनियताको सपथ खुवाएका थिए।  

तामाङ कंचनपुर निर्वाचन क्षेत्र १ बाट प्रदेश शभा सदस्यमा निर्वाचित भएका हुन भने बोहरा बझाङवाट समानुपातिक कोटाबाट सासंद चुनिएकी हुन् यसअघि एमाले ओली पक्षमा रहेकी बोहराले भदौ २१ गते नेकपा (एस) को पक्षमा सनाखत गरेकी हुन्।  

नेकपा विभाजन भएपछि एमालेमै रहने निर्णय गरेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते राजीनामा दिएका थिए। दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका दुई मन्त्रालयमा नेकपा (एस) संसदीय दलले तामाङ र बोहरालाई मन्त्री पठाउने निर्णय गरेको थियो। ११ सदस्यीय मन्त्रिमण्डलमा माधव समूहका ४ मन्त्री र ३ राज्यमन्त्री गरेर ७ मन्त्री सरकारमा छन्।

माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको प्रदेश सरकारलाई यसअघि एमाले माधव समूहमा रहेका १७ सासंदले विश्वासको मत दिएका थिए भने पार्टी विभाजनपछि नेकपा (एस) मा १४ सासंदले सनाखत गरेका थिए।  

विगतमा माधव समूहमा रहेका शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, अर्चनागहत राज भने नेता रावललाई साथ दिँदै एमालेमै रहने निर्णय गरेका छन्।  

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस)का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र एमालेका ११, जसपा र लोसपाका १/१ सासंद छन्।

प्रकाशित: १ आश्विन २०७८ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App