पछिल्लो घटनाक्रमलाई लिएर काठमाडौँमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक भइरहेको स्रोतको भनाइ छ। काठमाडौंमा एमसिसी उपाध्यक्ष फातिमा सुमारको आगमन र उनको भेटघाटको कार्यतालिकासँगै एमसिसीविरुद्ध हुन सक्ने गतिविधिका सम्बन्धमा के गर्ने ? भन्ने विषय टुंगो लगाउन सो बैठक बसिरहेको स्रोतले जनाएको छ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी रहेका छन्। बैठकले सम्भावित घटनाहरुको सूक्ष्म अध्ययन गरी निश्कर्ष निकाल्ने जनाएको छ।
प्रकाशित: २५ भाद्र २०७८ ०६:२७ शुक्रबार