२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फुटेको सप्तकोसी भँगालो निरीक्षण गर्न गृहमन्त्री उदयपुरमा

साता दिनअघि आएको बाढीले फुटाएको सप्तकोसी भँगालोको अवस्थाबारे स्थलगत निरीक्षण गर्न गृहमन्त्री बालकृष्ण खाँण शनिबार दिउँसो उदयपुर आएका छन्। सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोसीमा आएको बाढीले गत आइतबार बेलका नगरपालिका ८ लाहुरेखोलास्थित जमिन फुटाएर भँगालो उदयपुरतर्पm पसेको ठाउँको निरीक्षण गर्न गृहमन्त्री खाँण आएका हुन्।

गृहसविच, सिंचाई विभागका महानिर्देशक, प्राविधिक इन्जिनियरलगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसहित आएका मन्त्री खाँणले त्यसबाट प्रभावित १५ हजार स्थानीयको अवस्थाबारे स्थलगत अवलोकन गरेको सुरक्षा निकायले जनाएको छ। कोसी टप्पु आसपास बसोबास गरिरहेका झण्डै ३ सय घरधुरी स्थानीयलाई बाढीले बिस्थापित गर्ने खतरा बढेको भन्दै जिल्ला बिपत व्यवस्थापन समितिले त्यसबेलै सरकारको ध्यानाकर्षण गराएको थियो।  

नेपाली सेनाको ९ एन ०५३ नं. को हेलिकोप्टर चढेर आएका गृहमन्त्री खाँणले घट्नास्थलको निरीक्षणपछि जनप्रतिनिधि, उदयपुर, सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा अधिकारी र स्थानीयबासीसँग सामुहिक छलफल गरेका थिए। प्रदेश प्रहरी प्रमुख, ३ जिल्लाका सुरक्षा निकाय प्रमुखहरु र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको छलछफलमा खाँणले कटान र डुबान रोक्न तत्काल आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्बन्धित सरकोकारवालाहरुलाई निर्देशन दिएको बताइएको छ।  

मन्त्री खाँणसँग स्थानीयहरुले वर्षेनी आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए। सो विषयमा स्थानीयले उठाएको जिज्ञासालाई सम्बोधन गर्ने प्रतिबद्धता उनले जनाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले बताए। उनका अनुसार सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसहितलाई खाँणले भँगालो नियन्त्रण गर्न यथासिघ्र काम थाल्न निर्देशन दिँदै थप व्यवस्थापनका लागि सरकारले विस्तृत अध्ययन गरेर उचित कदम चाल्ने आश्वासन दिएका थिए। उनी दिउँसो ३ः०० बजे सोही हेलिकोप्टरमार्फत राजधानी फर्किसकेका छन्। 

लाहुरेखोलास्थित फुटेको जमिन भएर कोसीको भँगालो गाउँ छिरेपछि सातादिनयता स्थानीयलाई त्रसित बनाएको छ। उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसीमा आउने बाढीले कटान र डुकानको समस्या निम्त्याउँदा बेलका नगरपालिकाका २, ३, ८ र ९ नं. वडाबासी स्थानीयहरु वर्षेनी पीडित हुँदै आउनुपरेको स्थानीय तीर्थ पराजुलीले बताए।

प्रकाशित: १९ भाद्र २०७८ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App