प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन्।
शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई गर्दै ओलीले नेपाल-चीन सीमा विवाद भनेर समिति गठन गरिएकोमा आपत्ति जनाए। उनले कसलाई खुसी पार्न समिति गठन गरेको भनेर प्रश्नसमेत गरे।
सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह मन्त्रालयका सहहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको छ। यसमा प्रतिक्रिया जनाउँदै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विपवाद भनेर समिति बनाउनुपर्यो? म चुनौतीका साथ भन्छु यो समितिले सीमा विवाद देखाओस्। सीमा विवाद छैन। कसलाई खुसी पार्न खोजेको हो?’
वर्तमान सत्ता गठबन्धनले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको अध्यक्ष ओलीको आरोप छ।
प्रकाशित: १९ भाद्र २०७८ १०:५० शनिबार