१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो।

गठबन्धनमा आबद्ध पार्टीबिच मन्त्रिपरिषदको विस्तारकालागि बसेको शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन। 

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरि बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ।

आगामी बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएपनि बैठकको मिति भने तोकिएको छैन।

प्रकाशित: १५ भाद्र २०७८ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App