१६ चैत्र २०८० शुक्रबार
राजनीति

समाजवादीमा मन्त्री छान्नै सकस

६ कोटामा १० जनाको दौडधुप

माधवकुमार नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ। सरकारमा सहभागी भएपछि मात्र पदाधिकारी चयन र संगठन विस्तारको गृहकार्यमा जुटेको पार्टीको भागमा ६ जना मन्त्रीको कोटा परेको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ६ मन्त्री दिने र आवश्यक परे दुईवटा मन्त्रालय थप्न सकिने बताएपछि पार्टीभित्र मन्त्री बन्ने दौडधुप तीव्र भएको हो।  

मन्त्री बन्ने दौडमा वामदेव गौतम पत्नी तुलसा थापादेखि सांसद नभएका नेतासमेत सहभागी छन्।  

एकीकृत समाजवादी पार्टीका एक नेताकाअनुसार कलम चिन्ह लिएर स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य जितेका खिमलाल देवकोटा पनि मन्त्रीका आकांक्षी हुन्।  

एमाले नेता रामबहादुर थापा (बादल)लाई असहज अवस्थामा पनि हराएकोले यसपटक आफूले मन्त्री पाउनुपर्ने उनको दावी छ।  

हालसम्म पनि मन्त्री बन्ने पालो नआएका बेदुराम भुषाल, २०४८ सालमै सांसद भएका विरोध खतिवडा र पुराना नेता मुकुन्द न्यौपानेले पनि यसपटक मन्त्री बन्ने इच्छा देखाएका छन्।  

नयाँ पार्टी निर्माणका क्रममा माधव नेपाललाई नजिकवाट सहयोग गरेका मेटमणि चौधरी, केपी ओली खेमा छाडेर पछिल्लो दिन नेपाल खेमामा खुलेका प्रेम आले र किसान श्रेष्ठ पनि मन्त्रीको दौडधुपमा छन्।  

पार्टीभित्रैको एउटा खेमा नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री बनाएर पठाउने लविङमा लागिरहेका बेला झाँक्री स्वयंले पनि मन्त्री बन्ने इच्छा देखाएको ती नेताले बताए ।  

सुदुरपश्चिमबाट निरादेवी जैरुले आफु मन्त्री बन्न पाउनुपर्ने दावी गरेकी छन् भने दलितकोटाबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै पार्वती विशंखेले लविङ गरिरहेको ती नेता बताउँछन्।  

सांसदसँगै केही केन्द्रीय सदस्यलेसमेत मन्त्री पदमा आकांक्षा देखाएका कारण नेपालले निकटका नेताहरुसँग कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ।

प्रकाशित: ११ भाद्र २०७८ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App