१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नगरपरिषद् अध्यक्षमा वैद्य चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषद्को भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ। आइतबार विराटनगरमा सम्पन्न परिषदको भेलाले  वैद्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।  

कमिटीको सदस्यहरुमा प्रलाद प्रसाद शाह, शयेन्द्रा बान्तवा, केदार कोइराला, विश्वमोहन थापा, दिनेश शाह, नरेश राई, उद्धवचन्द्र घिमिरे, उद्धवप्रसाद दाहाल, आरती गेलाल, प्रदीप शर्मा, हिरालाल सेन्चुरी, डा. दुर्गाबहादुर अधिकारी, पुष्पा तिवारी, शोभा श्रेष्ठ र मन्जु कार्कीलाई चयन गरेको छ।  

परिषदको भेलामा पूर्व महानगर प्रमुख प्रह्लाद शाह, केन्द्रीय कार्य सम्पादन समिति सदस्यहरु केदार कोइराला, तराई मधेश केन्द्रीय प्रमुख दिनेश शाह, विश्वमोहन थापा, केन्द्रीय सदस्यहरु श्यामबहादुर कार्की, उद्धवचन्द्र घिमिरे र जिल्ला कार्य कार्यकारी अध्यक्ष माधव आचार्य, डा.दुर्गा अधिकारी र नगर संयोजक हिरालाल सेन्जुरीले लगायतले  पार्टीलाई वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउन सबै एकजुट हुनुपर्ने धारणा राखे।

प्रकाशित: ६ भाद्र २०७८ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App