८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुखलाई एमालेको प्रश्नः नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न किन ढिला?

माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ। एमालेले आफूहरुले १४ सांसदलाई दल त्यागको कारबाही गरेको तीन दिन बितिसक्दा पनि सभामुखले सूचना प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाएको छ।

बिहीबार सभामुख सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो।  

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए। नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए।

उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानूनी, गैर संवैधानिक, वधनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए।

नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने चेतावनी दिए।

प्रकाशित: ३ भाद्र २०७८ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App