१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नामाकरण नगरी प्रदेश १ को अधिवेशन अन्त्य

प्रदेश १ को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन साउन ३२ गते राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए। चालु अधिवेशनमा प्रदेशको नामाकरण गर्ने सरकारले घोषणा गरेको भए पनि नामाकरणको विषय औपचारिक रुपमा प्रदेशसभामा प्रवेशै नगरी अधिवेशन अन्त्य भएको छ। बजेट अधिवेशन अन्त्य भए पनि चाँडै विशेष अधिवेशन वा अर्को अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाइने सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले आइतबारको प्रदेशसभा बैठकमा बताएका थिए।  

प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा सत्तारुढ नेकपा एमाले भित्रै एक मत छैन। सत्तारुढ दलका सांसदहरूनै नामका विषयमा विभाजित भएपछि सरकारले नामाकरणको विषय प्रदेश सभामा औपचारिक रुपमा छलफलका लागि लैजान सकेको छैन। एमालेभित्र जातीय पहिचानका आधारमा नामाकरण गर्नु पर्ने आदिवासी जनजाति सांसदहरूको मत छ। 

आदिवासी जनजाति इतरका सांसदहरू भने कुनै पनि हालतमा जातीय आधारमा नामाकरण गर्न हुँदैन भन्ने अडानमा छन्। प्रतिपक्षी दलहरूले प्रदेशको नामाकरणको विषय चाँडो टुंगो लगाउन माग गर्दै आएका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App