१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम: सबै नेपालीलाई कोरोना खोपदेखि सीमामा देखिएका समस्या हल गर्ने

सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक भएको छ। सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

कार्यदल संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा कार्यक्रम र कार्यविधि प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलनमार्फत् सरकारको न्यूनत्तम साझा कार्यक्रम सार्वजनिक गरिएको हो। सरकारको न्यूनत्तम साझा कार्यक्रममा आगामी चैतभित्र सबैलाई निःशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरिएको छ।

यस्तै, नेपालमै कोरोना खोप उत्पादनका लागि पहल गर्ने, लिम्पियाधुरा, लिपुलेक तथा कालापानीजस्ता सीमामा देखिएका समस्या कुटनीतिक तवरबाट हल गर्ने पनि कार्यक्रममा समावेश छ। केपी शर्मा ओली सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितताबारे सरकारले छानबिन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

गठबन्धनलाई कसरी दीगो बनाउने भन्ने विषय र वर्तमान सरकारका मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ।

प्रकाशित: २४ श्रावण २०७८ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App