१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन्। सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

शोक प्रस्ताव पारित

सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। उनको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो। बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गर्‍यो।

आमनिर्वाचन २०४८ सालमा तत्कालीन जनमोर्चाका तर्फबाट सिरहा क्षेत्र नं ५ बाट निर्वाचित ७५ वर्षीय तामाङको गत जेठ २० गते उपचारका क्रममा निधन भएको थियो।

यसअघि बैठकमा  स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाए।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेछ।

प्रकाशित: १२ श्रावण २०७८ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App