२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

माधव नेपाललाई ‘सुरक्षा थ्रेट’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार  नेपाललाई ‘सुरक्षा थ्रेट’  भएको छ । केही दिनदेखि नेपालमाथि आफ्नै पार्टीमा युवा संघका कार्यकर्ताहरुले फाँसी दिनुपर्ने भन्दै पुत्ला जलाएको र माधव नेपालको घर घेर्ने भनेपछि उनको सुरक्षामा थ्रेट भएको हो । 

सुरक्षा निकायले यो विषय जानकारीमा लिएको जनाएको छ । स्रोतका अनुसार शनिबार साँझ फेन्च राजदूतसँगको भेटघाटपछि घर फर्कने क्रममा नेता नेपालको घर वरिपरी शंकास्पद व्यक्तिहरुको चहलपहल रहेको र उनीहरु लामो समयसम्म त्यही रहेको देखिएका थिए ।

 अहिले नेपाल र नेपाल निकट नेताहरुले सुरक्षा थ्रेट महशुस गरिरहेका छन् । युवा संघले युथ फोर्स बनाएर नेपाल र नेपाल निकट नेताहरुविरुद्ध अभिव्यक्ति दिइरहेका बेला नेपाललाई ‘सुरक्षा थ्रेट’ बढेको हो ।

प्रकाशित: ३ श्रावण २०७८ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App