२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नवलपरासीमा ५७ जनाको उम्मेदवारी दर्ता

काँग्रेसबाट दुई जनाले उम्मेदवारी दिएपछि विवाद

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासीमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा ३४ जना दलबाट र २३ जना स्वतन्त्र रहेका छन्। जिल्लामा दुई निर्वाचन क्षेत्र छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवलपरासी १ मा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १६ जना दलबाट र ११ जना स्वतन्त्र छन्। यो क्षेत्रमा नेपाली काँग्रेसबाट विनोद चौधरीले उम्मेदवारी दिएका छन्। चौधरी यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

एमालेबाट रामप्रसाद पाण्डेले उम्मेदवारी दिए। रास्वपाबाट विक्रम खनाल, जनता प्रगतिशीलबाट ह्रदयेश त्रिपाठी र नेपाल कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसाले उम्मेदवारी दिएका छन्।

नवलपरासी २ बाट ३० जनाको उम्मेदवारी परेको छ। जसमा १८ जना दलबाट र १२ जना स्वतन्त्र छन्। यो क्षेत्रमा नेपाली काँग्रेसबाट दुई जनाको मनोनयन परेको छ।

काँग्रेसका भीमबहादुर थापा र देवेन्द्रराज कँडेल दुवैले पार्टीको आधिकारिक टिकट लिएर आएका थिए। सुरुमा थापाले काँग्रेसबाट मनोनयन दर्ता गराए। त्यसपछि कँडेलले पनि उम्मेदवारी दर्ताका लागि कागजात पेश गरे तर कम्प्युटरमा काँग्रेसका तर्फबाट थापाले इन्ट्री गरिसकेको देखिएपछि निर्वाचन अधिकृतको कार्यालयले कँडेलको पत्र दर्ता कितावमा चढाएर मात्र राखेको छ। थापा सुनवल नगरपालिकाका पूर्व नगरप्रमुख हुन् भने कँडेल पूर्व गृहराज्यमन्त्री हुन्।

यो क्षेत्रमा राप्रपाबाट ध्रुवबहादुर प्रधान, रास्वपाबाट नरेन्द्र गुप्ता र नेकपाबाट देवेन्द्र पौडेलले उम्मेदवारी दिएका छन्।

त्यस्तै पाल्पाको क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट सन्दिप राना र एमालेबाट नारायण आर्चायले उम्मेदवारी दिएका छन्। क्षेत्र नं. २ मा काँग्रेसका हिमालदत्त श्रेष्ठ, एमालेबाट ठाकुर गैरे र नेकपाबाट सोमप्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।  

प्रकाशित: ७ माघ २०८२ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App