प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार चौंथो दिन सुनुवाई हुँदैछ। आइतबार रिट, निवेदक तर्फका कानुन व्यवसायीले बहस सकिने छ ।
संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा मध्ये अब, २ घण्टा ३५ मिनेट समय बाँकी रहेको छ। निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागी थप ३ घण्टा समय पाउनेछन्।
निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन्।
प्रकाशित: १३ असार २०७८ ०४:३५ आइतबार