१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ को प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबारको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।  

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट सांसद शेखरचन्द्र थापा, माओवादी केन्द्रका तर्फबाट सांसद मोहनकुमार खड्का र जनतासमाजवादी पार्टीका तर्फबाट संसदीय दलका नेता जयराम यादवले संसोधनको प्रस्ताव पेश गरेका थिए ।  

मुख्यमन्त्रीले संसोधनका लागि राखेको प्रस्तावमा उल्लेख भएका विषय नीति तथा कार्यक्रममा समावेश गर्ने आश्वासन पछि जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रस्ताव फिर्ता लिएका थिए। नेपाली कांग्रेस र नेकपा माओवादीका तर्फबाट पेश भएको संसोधनको प्रस्ताव भने सांसदहरू शेखरचन्द्र थापा र मोहनकुमार खड्काले फिर्ता नलिने अडान लिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो। उपसभामुख सरस्वती पोखरेलले प्रदेश १को नीति तथा कार्यक्रम बहुमतले पारितभएको घोषणा गरेकी थिइन्।  

आगामि आर्थिक वर्ष ०७८/७९को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएलगत्तै प्रदेश १ को सरकारलाई बजेट ल्याउने बाटो खुला भएको छ। प्रदेश १ सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम दुई दिन सम्म प्रदेशसभा बैठकमा छलफल भएको थियो । छलफलमा प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमको झुटको पुलिन्दा भन्दै बिरोध गरेका थिए। प्रतिपक्षी दलका सांसदहरूले मात्रै नभई कतिपय सत्तारुढ दलकै सांसदहरूले पनि सरकारले पेश गरेको नीति तथा कार्यक्रमको आलोचना गरेका थिए। 

प्रकाशित: ३० जेष्ठ २०७८ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App