coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश बिरामी परेपछि प्रतिनिधिसभा विघटनको मुद्दा बुधबार सुनुवाई

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई स्वास्थ्य समस्या देखिएपछि आजका लागि हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पेशी तोकिएको छैन । स्वास्थ्यमा समस्या देखिएकाले आज पेशी तोक्न नसकिएको सर्वोच्च अदालतले जनाएको छ । अब अर्को पेशी बुधबारका लागि तोकिने भएको छ ।  

विघटनको मूल विषयमा प्रवेश गर्नै नपाई इजलास गठनमा अल्झेको संवैधानिक इजलासमा बुधबार सुनुवाई हुने भएको छ । आइतबार बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भए पनि सरकार पक्षका कानुन व्यवसायीले विवाद गरेका थिए  

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धका ३० वटा रिट निवेदन दर्ता छन् । जेठ ८ मा भएको विघटनको मूल मुद्दामा कानुन व्यवसायीको किचलोका कारण सुनुवाई हुन सकिरहेको छैन ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App