१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशलाई चुनावमा धकेल्नु विवेकहिन कदम : फ्रिडम फोरम

फ्रिडम फोरमले कोभिड १० को महामारीमा देशलाई चुनावमा धकेल्ने विवेकहिन कदम चालिएको जनाएको छ।

संविधानका अक्षर र मर्म एवं सर्वोच्च अदालतको फैसलाविपरित राज्यको सर्वोच्च पदाधिकारी राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट चालिएको कदमलाई विवेकहिन भएको जनाएको हो।

फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अहिलेको अराजक राजनीतिक सन्दर्भले कोभिड–१९ महाविपत्तिमा नागरिकको जनजीवन अस्तव्यस्त र नियन्त्रित भएको आधारभूत स्वास्थ्य सेवाबाट समेत नागरिकहरु वञ्चित रहेको रहेको उल्लेख छ। 

विज्ञप्तिले अलोकतान्त्रिक कदम चाल्ने सरकारले नागरिकको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र प्रेसमाथि पनि अंकुश बढाउने खतरा बढेको पनि औंल्याएको छ।

प्रकाशित: ९ जेष्ठ २०७८ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App