७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिद्वारा भोलि साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आह्वान

क्याप्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि साँझ ५ बजेसम्ममा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभा सदस्यहरुलाई आह्वान गरेकी छन्।

राष्ट्रपति कार्यालयले सूचना प्रकाशित गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरेको हो।

कार्यालयले प्रकाशित गरेको सूचनामा ‘मिति २०७८/१/२७ भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्ग प्रशस्त गर्न उपयुक्त देखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रकृया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/२/÷६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ।’ उल्लेख छ।

प्रकाशित: ६ जेष्ठ २०७८ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App