६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

तस्बिर: प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाको फेसबुकबाट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन्। देउवाले सिंहदरबार पुगेर कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सरकारलाई कोभिड १९ को माहामारीलाई हल्का रुपमा नलिन र आवश्यक समाधानको उपाय आवलम्वन गर्न काग्रेंसले सचेत गराँउदै आएको तर सरकारको नेतृत्व  स्थितिको वास्तविकतालाई आत्मसाथ गर्नुको सट्टा आत्मप्रशंसामा नै मग्न रहेको कांग्रेसको निष्कर्ष छ।  

साथै कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाले माग गरेका छन्। खोप खरिद लगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन्। कांग्रेसले नेपालमा कोरोना महामारी आउनुमा सरकारको कमजोरी औल्याएको छ।

कांग्रेसले अक्सिजन लगायत अन्य आवश्यक औषधीहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोक्न माग गरेको छ।  तेस्रो चरणको संक्रमणबारे समेत सचेत गराएको छ। तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको सुनिश्चितता गर्न कांग्रेसले माग राखेको छ। त्यसका लागि कुटनीतिक पहल लिन पनि सरकारलाई सुझाव दिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

कांग्रेसले सीमा नाका र अन्तर्राष्ट्रिय हवाई अड्डाबाट आवत—जावतलाई पिसिआर परिक्षण र अन्य कोभिड—१९ मापदण्डको सुदृढ व्यवस्थापनका आधारमा नियमन गर्न विदेशमा जाने श्रमिकहरुको  पिसिआर परिक्षणमा गरिएको कार्टेलिङको अन्त्य गर्न माग गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App