१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

एमालेका शीर्ष नेता छलफलमा

नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन्।

पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डेसहितका नेता सिंहदरबारमा छलफलमा जुटेका हुन्।

बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो।

प्रकाशित: ३१ वैशाख २०७८ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App