नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। सबैभन्दा ठूलो दलका संसदीय दलका नेता ओलीलाई राष्ट्रपति विद्या देवी भण्डारीले बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सपथ भाेलि हुने छ।
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएसंगै ओली प्रधानमन्त्री नियुक्तीको बाटो खुलेको हो । यस अघि संसदमा ओलीले सोमबार विश्वासमा मत लिन नसकेपछि भण्डारीले बहुमतको सरकारको दावी गर्न बिहिबार राति ९ बजेसम्मको समय दिएकी थिइन् ।
यस अघि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको निकै प्रसाय गरेपनि त्यो सार्थक हुन सकेन । समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी नहुनु र माधव नेपाल पक्षले राजीनामा नदिँदा वैकल्पिक सरकार गठनको सम्भावना टरेको हो ।
प्रकाशित: ३० वैशाख २०७८ १६:११ बिहीबार