१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । सोमबार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।  

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । त्यस्तै यादव  दोस्रो संविधान सभामा राप्रपा नेपालबाट  उपाध्यक्ष र उपभामुख भएका थिए। यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमाले प्रवेश गरेका हुन् ।  

यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरु पदमुक्त भएसंगै नया प्रदेश प्रमूख नियुक्त भएका हुन् । नवनियुक्त प्रदेश प्रमुखले सोमबार नै सपथ लिने छन् ।

प्रकाशित: २० वैशाख २०७८ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App