१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समर्थन फिर्ता लिने अधिकार दाहाललाई

नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने,‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) लाई दिइएको छ।’

माओवादीले प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएको छ भने सरकार परिवर्तनका लागि पनि प्रयास जारी राखेको छ तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

सरकार परिवर्तनका लागि दाहालले अन्य विपक्षी दलका नेतासँग सघन छलफल गर्र्दै आएका छन्। उनले आफू प्रधानमन्त्रीको दाबेदार नभएको र जसको नेतृत्वमा सहमति जुट्छ उसैको नेतृत्वमा सरकार बनाउन तयार रहेको बताउँदै आएका छन्।

प्रकाशित: ९ वैशाख २०७८ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App