७ वैशाख २०८१ शुक्रबार
राजनीति

रौतहटका दुई प्रमुख र पाँच उपप्रमुखको पद धरापमा

रौतहटका दुई नगरप्रमुख र पाँच उपप्रमुखलाई पार्टीले स्पष्टीकरण सोधेपछि पद धरापमा परेको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका उपप्रमुखलाई पार्टी हितविपरीत कार्य गरेको भनी २४ घन्टे स्पष्टीकरण सोधिएको छ।  

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको हो। प्रदेश २ मा एक मात्र महिला प्रमुख साह सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन् भने कुशवाहा पनि निकटका सहयोगी हुन्।

यसै गरी पार्टीले यमुनामाई गाउँपालिका उपप्रमुख गीतादेवी साह, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिका उपप्रमुख कान्तिदेवी साह, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, देवाहीगोनाही नगरपालिका उपप्रमुख परनिया देवीलाई स्पष्टीकरण सोधेको छ। सबैजना नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन्।

प्रकाशित: ७ वैशाख २०७८ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App