१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे बस्न लागेको प्रधनामन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए।  

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक बोलाएका थिए। आजको बैठकमा महाधिवेशन आयोजक कमिटी गठन गरिनेछ।

एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ। यद्यपी ओलीले बोलाएको वैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने स्रोतले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App