५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने

राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म बुटवलमा हुन लागेको हो।

सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए। सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको छ। जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए। सम्मेलनमा देशभरका ७० भन्दाबढी जिल्लाका प्रतिनिधीको सहभागतिा रहनेछ। रासस

प्रकाशित: १७ चैत्र २०७७ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App