७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

रहेनन् पाका वामपन्थी नेता मानन्धर

पाका वामपन्थी नेता विष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार राति ८ बजेर ३०मिनेट जाँदा निधन भएको छ। केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। नेता मानन्धरको निधन भएको जानकारी दिँदै माओवादी केन्द्रका नेता गणेश शाहले मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार हुने बताए।

आफ्नै पिताले किसानलाई दिएको ऋणको तमसुक च्यातेर २००७ सालमा राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएका थिए। मानन्धरका एक छोरा र तीन छोरी छन्। राणाविरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका उनी नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमानदार नेताका रूपमा परिचित थिए। जिन्दगीभर कुनै पनि सरकारी पद नलिएका मानन्धरले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए।

नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमानदार नेताका रूपमा परिचित थिए। जिन्दगीभर कुनै पनि सरकारी पद नलिएका मानन्धरले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए।

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान छ। २०४६ सालको जनआन्दोलनपछि मन्त्री बन्न आग्रह गरिए पनि उनले सहजै सो जिम्मेवारी नीलाम्बर आचार्यलाई सुम्पिएका थिए। मानन्धरले कम्युनिस्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधैं प्रतिवाद गर्दै आएको माओवादी केन्द्र स्थायी कमिटी सदस्यसमेत रहेका शाहले बताए। उनका अनुसार मानन्धरले संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लोपटक नेकपा (संयुक्त) स्थापनासम्म महत्वपूर्ण योगदान गरेका थिए।

‘नेता मानन्धरले मलाई जिन्दगीभर कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिँदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरू सबै विषय गौण हुन् भन्ने मान्यता राखेका थिए,’ नेता शाहले भने। उनका अनुसार मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनमा लागेर कुनै पनि पदको लोभ नगर्ने आदर्श नेता हुन्।

प्रकाशित: १७ चैत्र २०७७ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App