७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिम प्रदेश सरकार बदल्न कसरत सुरु

सुदूरपश्चिम प्रदेश सरकार बदल्न नेकपा एमाले ओलीपक्षले कसरत शुरु गरेको छ । माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारवाट एमालेले समर्थन फिर्ता गर्ने तयारी थालेको छ । सुदूरपश्चिम सरकार बदल्न नेकपा एमालेका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट, प्रदेश समितीका सहईन्चार्ज महेश्वर पाठक, प्रदेश समिती अध्यक्ष कर्ण थापा लगायतका नेता धनगढीमा केन्द्रित भएका छन ।

माओवादी केन्द्र र माधव पक्षको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारवाट एमालेले समर्थन फिर्ता लिन संसदिय दल वोलाउने तयारी गरेको छ । आज सोमवार दिउसो १ बजे संसदिय दलको बैठक वोलाउन भनिएकोमा धेरै सासंद होलीका कारण उपस्थित हुन नसक्ने भएकाले स्थगित गरिएको प्रदेश शभा सदस्य रतन थापाले बताए । संसदिय दलको बैठकमा संसदिय दलको नेता बदल्ने तयारी रहेको उनले बताएका छन । संसदिय दलको बैठकवाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने समेत तयारी रहेको उनले बताए । संसदिय दलका नेता प्रकाश बहादुर शाह रहेकोमा अव बदलेर पठान सिंह वोहरालाई बनाउने तयारीमा रहेको उनले बताए । प्रधानमन्त्री केपी ओलीले संसद बिघठन गरेपछि दुई समुहमा नेकपा बिभाजन हुदाँ ओली पक्षिय मानिएका भौतिक पुर्वाधार विकास मन्त्री वोहरालाई मुख्यमन्त्री भट्टले हटाएका थिए ।

सर्वोच्व अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भयो र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परे ।

सुदूरपश्चिम प्रदेश शभामा नेकपा एमालेवाट २५ प्रदेश शभा सदस्य, नेकपा माओवादी केन्द्र वाट १४, नेपाली काग्रेसवाट १२ र राजपावाट २ जना प्रदेश शभा सदस्य निर्वाचित भएका हुन । भट्ट नेकपा माओवादी केन्द्रको कोटावाट मुख्यमन्त्री बनेका हुन । एमालेले सरकारको समर्थन फिर्ता लिएमा उनलाई मुख्यमन्त्रीमा टिकिराख्न नेपाली काग्रेस र राजपा दुवै पार्टीको समर्थन आवश्यक पर्ने छ । दुवै पार्टी एकिकरण भएपछि बनेको नेकपा पार्टीका ३९ सांसदमा ८ जना मात्र ओली पक्षमा लागेकाले प्रचण्ड माधव समुहसँग सुविधाजनक बहुमत भएकाले मुख्यमन्त्री भट्ट ढुक्क जस्तै थिए । ओली पक्ष र प्रचण्ड माधव पक्ष बिच राजनितिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते हटाएका थिए । ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीवाट प्रदेश शभा सदस्य निर्वाचित भएका  आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले पुस २२ गते मन्त्रीपदवाट राजिनामा दिएका थिए । 

नेपाली काग्रेस र रजापाको समर्थन पाएको अवस्थामा समेत नेकपा माओवादी केन्द्रवाट प्रदेश शभा सदस्य रहेका १४ मध्य २ जनाले मात्र मुख्यमन्त्री भट्टले बिश्वासको मत लिदाँ ह्विप उलङ्घन गरेर विपक्षमा मत हालेमा उनलाई गाह्रो हुने छ । माओावादी केन्द्रका यस प्रदेशका प्रभावशाली नेता लेखराज भट्ट प्रधानमन्त्री ओली पक्षमा लागेकाले सुदूरपश्चिम प्रदेशको राजनीति तरंगित भएको छ । नेकपा एमालेको सुदूरपश्चिम ईन्चार्जवाट भिम रावललाई हटाएर भट्टलाई ईन्चार्ज बनाइएको छ । नयाँ सरकार बनाउनका लागि नेपाली काग्रेस र राजपा पार्टींहरुसँग वार्ता गर्न नेकपा एमाले प्रदेश समितीको बैठकले प्रदेशका सह ईन्चार्ज पाठक संयोजक रहेको ३ सदस्यिय बार्ता टोली पनि गठन गरिएको पार्टीका प्रदेश अध्यक्ष थापाले बताएका छन । सदस्यमा प्रदेश शभा सदस्य तथा पुर्व मन्त्रि झपट वोहरा र प्रदेश शभा सदस्य रतन थापा रहेका छन। 

प्रकाशित: १६ चैत्र २०७७ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App