८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादीले समर्थन फिर्ता लिएपनि हामी फर्किने सम्भावना छैन : लेखराज भट्ट

फाइल तस्बिर।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून रहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा माओवादी केन्द्रबाट निर्वाचित लेखकले अहिले आफूहरुले छलफल गरिरहेको भएपनि पार्टीमा फर्किने सम्भावना भने न्यून रहेको बताए।

‘हामी अहिले छलफलमा छौं। प्रधानमन्त्री ज्यूसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने,‘अबको केही दिनमा निर्णय लिन्छौं।’

माओवादी केन्द्रमा फर्किने सम्भावना कत्तिको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता लेखकले त्यसको सम्भावना न्यून रहेको बताए। उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि फकिर्न सम्भावना आफूले नदेखेको बताए। ‘पार्टीले समर्थन फिर्ता लिएपनि हामी फर्किने सम्भावना म देख्दिँन,’ उनले भने।  

आफूहरु पार्टी एकता जोगाउनको लागि लागेको पक्ष भएको बताउँदै उनले यसबारे थप छलफल भइरहेको बताए।  

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि लेखकसहित माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरु ओली समूहमा खुलेका थिए।  

प्रकाशित: २६ फाल्गुन २०७७ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App