१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड–नेपाल र जसपा नेताहरुबीच भेटवार्ता, महतो भन्छन्, ‘उहाँहरुबाट पटक–पटक धोका खाएका छौं’

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ। बिहीबार पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठसँग सत्ता साझेदारीका विषयमा छलफल गरेका हुन्।

भेटमा प्रतिनिधिसभा पुनःस्थापनापछि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कुराकानी भएको छलफलमा सहभागी महतोले बताए। उनकाअनुसार बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कुराकानी भएको थियो।

‘प्रचण्डजीहरुले अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्नुभयो,’ उनले नागरिकसँग भने,‘हामी निरतन्तर प्रतिगमनविरुद्ध लड्दै आएका छौं। केपी ओलीले चालेको प्रतिगमनकारी कदम त जितियो। अब संविधान बनाउँदाताका भएको प्रतिगमनविरुद्ध निरन्तर लड्नेछौं। हाम्रो संविधान संशोधनको मुद्दा यथावत छ।’

उनले आफूहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डसहित कसैको विश्वास नभएको समेत बताए। ‘हामीले देउवा, ओली, प्रचण्डलाई विगतदेखि नै भोग्दै आएका छौं, उहाँहरुबाट पटक–पटक धोका खाँदै आएका छौं,’ उनले भने,‘हामीलाई उहाँहरु कसैको विश्वास छैन।’

सर्वोच्च अदालतले गत मंगलबार प्रतिनिधि सभा पुनःस्थापना गरिदिएपछि प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ। हिजो मात्र उक्त समूहले कांग्रेस सभापति देउवालाई भेटेको थियो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App