१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आयोगले चुनावको कार्यतालिका किन ल्याउँदैन, शंका गर्नुपर्ने बेला भएको छ : देउवा

फाइल तस्वीर।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकालाई लिएर शंका व्यक्त गरेका छन्। सोमबार भैरहवामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नुपर्ने भएपनि आयोगले त्यसमा चासो नदिनु रहस्यमय भएको बताए।  

‘प्रतिनिधि सभा विघटन भएको ६ महिनामा चुनाव गराइसक्नुपर्ने हो। तर,  आयोगलाई चासो नै छन। आयोगले चुनावको कार्यतालिका किन ल्याउँदैन, शंका गर्नुपर्ने बेला भएको छ,’ उनले भने,‘अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्छ।’  

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि आयोगले चाँडो टुंग्याउनुपर्नेमा जोड दिए।

अर्को प्रसंगमा उनले वर्तमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनताको कुनै वास्ता नभएको टिप्पणी गरे। उनले मुलुक अहिले संकटको अवस्थामा पुगेकाले कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको समेत बताए।

निरन्तर सडकमा हुने जुलुस तथा विरोध प्रदर्शनले प्रतिनिधि सभा पुनःस्थापना नहुने बताउँदै आएका देउवाले आजको सम्बोधनमा पनि उक्त कुरा दोहोर्‍याए। ‘अदालतको निर्णय हामीलाई मान्य हुन्छ। विचाराधीन मुद्दामा यो गर, त्यो गर भन्न मिल्दैन।’

आफूले अदालतको फैसलापछि मात्र कांग्रेसले आवश्यक कदम चाल्नुपर्ने बताएपनि कांग्रेसभित्रैका कतिपय नेताहरुले आफूविरुद्ध गलत प्रचार गरिरहेको बताए।

पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले सोमबार देशैभर प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको छ।

प्रकाशित: ३ फाल्गुन २०७७ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App