१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्च पुगेर चार पूर्वप्रधानन्यायाधीशले बुझाए लिखित जवाफ

अदालतको अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीश सर्वोच्च अदालत पुगेर जवाफ दिएका छन्।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सर्वोच्च अनदाल पुगेर लिखित जवाफ दिएका हुन्।

प्रतिनिधिसभा विघटनबारे विज्ञप्ति जारी गरेका चार जना पूर्वप्रधानन्यायाधीशलाई अदालतको अवहेलनामा मुद्दा परेको थियो। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको घटनालाई असंवैधानिक भन्दै आएका छन्।

न्यायाधीश मनोज शर्माको इजलासले उनीहरुलाई ७ दिन भित्र आफै उपस्थित भएर लिखित जवाफ दिन भनेको थियो।

 

 

प्रकाशित: ३ फाल्गुन २०७७ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App