५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

संवैधानिक आयोगमा नियुक्तिविरुद्ध सभामुखद्वारा दायर रिटमाथि आज सुनुवाइ

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारीहरुको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ। 

सर्वोच्च अदालतमा राष्ट्रपति कार्यालय तथा अन्य‍ ३९ जनालाई विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको हो। सभामुख सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।  

संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सापकोटा शुक्रबार रिट लिएर आफैं सर्वोच्च अदालत पुगेका थिए।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगसहित विभिन्न निकायमा तीन दर्जनभन्दा बढी सिफारिस गरेको थियो।

प्रकाशित: २५ माघ २०७७ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App