२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बारामा प्रचण्ड–नेपाल समूहका ८ जना कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले कलैयाबाट नेकपा प्रचण्ड–नेपाल समूहका ८ जना  कार्यकर्ताहरुलाई पक्राउ गरेको छ।

सवारी साधान चलाउन दिनमा अवरोध गरेकोे आरोपमा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेकपाका कलैया उपमहानागरपालिका नगर समिति अध्यक्ष जवाहिर अंसारि, सचिव मुकेश साह , हरिओम साह , सन्दिप यादव , बैजनाथ साह , राजेश पटेल लगाएत ८ जना रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

कलैयाबाट सिम्रौनगढ तर्फ गई रहेको सिम्रौनगढ नगरपालिकाको  ना.१ब. ३३९९ मोटरसाईकल तोडफोड  गर्न खोजेको र यस कार्यमा पक्राउ परेकाहरुको संलग्नता रहेको मिश्रको आरोप छ । 

प्रकाशित: २२ माघ २०७७ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App