२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड-माधव समूहको आमहड्ताल : कहाँ के भयो ?

रत्नपार्कमा नेकपा कार्यकर्ता

नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालले देशभर जनजीवन प्रभावित बनेको छ। सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो। संसदीय सुनुवाई विना नै वुधबार संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराइएको थियो।

छिटफुट घटनाबाहेक आमहड्ताल शान्तिपूर्ण रहेको छ। विहिबार विहानै गोगंवु क्षेत्रमा आज्ञात समूहले ट्याक्सी जलाएको छ। प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य डा. विजय पौडेल, हितमान शाक्य, अमृता थापा लगायतका नेताहरुलाई पक्राउ गरेको थियो।

चावहिलबाट नेकपा केन्द्रीय सदस्य कृष्ण केसी, बागबजारबाट रमेश मल्ल लगायतका नेताहरु पक्राउ परेका थिए। नेकपा नेताले दिएको जानकारी अनुसार उपत्यका विभिन्न स्थानबाट ७२ जना नेता कार्यकर्ता पक्राउ परेका छन्। यस्तै तनहुँमा १६ जना नेकपा कार्यकर्ता पक्राउ परेका छन्।

आमहड्तालको क्रममा जनकपुरको अवस्था भने गम्भिर बनेको थियो। आमहड्तालका क्रममा निस्किएको जुलुसमा प्रहरीले पछाडिबाट फायर चलाएको नेकपाले आरोप लगाएको छ। जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भएका छन्। उनको टाउकोमा ३ ठाउँमा चोट लागेको छ। यस्तै स्थायी कमिटी सदस्य मातृका यादव घाइते भएका छन्। जनकपुरमा नेकपाका १० जना नेता कार्यकर्ता घाइते भएका छन् भने १२ जना पक्राउ परेका छन्। जनकपुरमा भएको झडपमा २ जना प्रहरीसमेत घाइते भएका छन्। सो क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर र १२ सेल अश्रु ग्याँस प्रहार गरेको थियो

यस्तै वीरगञ्जमा रहवर अन्सारीसहित ३५ जना पक्राउ परेका छन्। हड्तालको क्रममा विहानैदेखि जिल्ला सदरमुकामहरुमा प्रदर्शन भएका थिए। राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु उत्रिएका थिए।  

नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि उपत्यकाका विभिन्न स्थानमा पुगेका थिए।

 

 

प्रकाशित: २२ माघ २०७७ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App