७ वैशाख २०८१ शुक्रबार

प्रचण्ड-माधव समूहको आमहड्ताल : कहाँ के भयो ?

नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालले देशभर जनजीवन प्रभावित बनेको छ। सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो।

विराटनगरमा यस्तो देखियो नेकपाको हड्ताल (फोटो फिचर)

नेकपा प्रचण्ड–माधव समूहले गरेको आम हड्तालको प्रभाव मोरङमा पनि परेको छ। विराटनगरलगायत जिल्लाका मुख्य बजार क्षेत्र बन्द रहेका थिए। ठाउँ–ठाउँमा जम्मा भएर प्रचण्ड–माधव समूहका कार्यकर्ताले बजार तथा सवारीसाधन बन्द गराएका छन्। बन्दकारी विराटनगरको मुख्य सडकमा टायर बाल्ने र प्रहरीले निभाए पनि अवस्था समान्य रहेको छ।

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप, पूर्वमन्त्री झा घाइते

नेकपा (दहाल-नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा (दाहाल-नेकपा पक्ष) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ।

बन्दको प्रभाव : १५७ जना पक्राउ, तोडफोडका ११ घटना

नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालले जनजीवन प्रभावित बनेको छ। सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो।

अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

दाहाल-नेपाल समूहले घोषणा गरेको आमहडताल सफल बनाउन सडकमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

जबर्जस्ती नियुक्ति, विरोधमा बन्द

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक आयोगका प्रमुख आयुक्त, अध्यक्ष तथा आयुक्त र सदस्य गरी ३२ जनालाई नियुत्ति गरेसँगै नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले नियुक्तिमा जबर्जस्ती गरिएको भन्दै बिहीबारका लागि आमहडताल घोषणा गरेको छ ।

धनगढीमा आमहडताल

प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ।

कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

आमहडताल फिर्ता

पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ । आज अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ ।

पाल्पामा दुईदिने आमहडताल, जनजीवन प्रभावित

आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्