२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बन्दको प्रभाव : १५७ जना पक्राउ, तोडफोडका ११ घटना

नेकपा प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहड्तालले जनजीवन प्रभावित बनेको छ। सरकारले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरेको भन्दै नेकपाले देशव्यापी आमहड्ताल गरेको हो। संसदीय सुनुवाई विना नै हिजो संवैधानिक आयोगका पदाधिकारीहरुलाई सपथ गराइएको थियो।

हड्तालको क्रममा विहानैदेखि जिल्ला सदरमुकामहरुमा प्रदर्शन भइरहेका छन्। राजधानीका विभिन्न स्थानमा केन्द्रीय नेताको नेतृत्वमा कार्यकर्ताहरु उत्रिएका छन्।  

नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि उपत्यकाका विभिन्न स्थानमा पुगेका छन्। हड्तालको क्रममा देशभर ११ वटा तोडफोडका घटना भएको प्रहरीले बताएको छ। प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार उपत्यकामा ४ वटा तोडफोडका घटना भएका छन्। यस्तै देशभरबाट १५७ जना प्रदर्शनकारी पक्राउ परेको उनले बताए। जसमा ८० जना उपत्यकाबाट पक्राउ परेका हुन्।  

 

 

प्रकाशित: २२ माघ २०७७ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App